News Summary
Generated by OK AI. Editorially reviewed.- नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको महाधिवेशन विवाद समाधानका लागि पार्टी पदाधिकारी र विशेष महाधिवेशन पक्षधरसँग छलफल गरिरहनुभएको छ।
- कोइरालाले पुसभित्र नियमित महाधिवेशन नहुँदा केन्द्रीय कार्यसमितिले निर्णय गरेर विशेष महाधिवेशनमा जानुपर्ने धारणा राख्नुभएको छ।
- उहाँले पार्टी विभाजन हुने आशंकासहित मंसिरको सट्टा पुस अन्तसम्म अधिवेशन हुनुपर्ने बताउनुभएको छ।
२ मंसिर, काठमाडौं। नेपाली कांग्रेसमा जारी महाधिवेशनसम्बन्धी विवादको निकास खोज्न नेता डा. शेखर कोइरालाले पर्टाी पदाधिकारीसँगै विशेष महाधिवेशन पक्षधर समूहसँग छलफल गरिहेका छन्।
विशालनगरस्थित सम्पर्क कार्यालयमा उनीहरू महामन्त्री गनगकुमार थापा, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारसँगै विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सञ्चालन गरेका नेताद्वय देवराज चालिसे र गुरूराज घिमिरेसँग छलफल गरिरहेका हुन्।
‘डाक्टर साप समस्याको गाँठो फुकाउने प्रयासमा हुनुहुन्छ। उहाँले यसबीचमा विभिन्न चरणमा विभिन्न तहका नेताहरूसँग छलफल गरिसक्नुभएको छ,’ कोइरालानिकट एक केन्द्रीय सदस्यले भने, ‘त्यही क्रममा आज उपसभापति, दुई महामन्त्री, दुई सहमहामन्त्री र विशेष महाधिवेशन पक्षधर दुई नेतालाई छलफलका लागि बोलाउनुभएको हो। छलफल चलिरहेको छ।’
ती नेताका अनुसार छलफलमा उपसभापति धनराज गुरूङ र महामन्त्री विश्वप्रकाश शर्मा भने उपस्थित छैनन् । उपसभापति उपत्यका बाहिर रहेका कारण र महामन्त्री शर्मा काम विशेषले छलफलमा उपस्थित हुन नसकेका बताइएको छ।
यसअघि महामन्त्री थापानिकट स्रोतले नेता कोइरालाबाट केन्द्रीय कार्यसमितिले निर्णय गरेर विशेष महाधिवेशनमा जानुपर्ने धारणा सार्वजनिक भएपछि महामन्त्रीहरू थापा र शर्माले उनीसँग भेट गर्न लागेका जनाएको थियो।
नेता कोइराला विशेष महाधिवेशन गरिए पार्टी विभाजन हुने आशंका गर्दै आएका थिए । उनले मंगलबार बिहान आफूनिकट केही युवा नेताहरूसँगको छलफलमा पुस भित्र नियमित महाधिवेशन गर्न नसकिए केन्द्रीय कार्यसमितिले निर्णय गरेर विशेष महाधिवेशनमा जानुपर्ने धारणा राखेका थिए।
‘मंसिरको सट्टा पुस अन्तसम्म अधिवेशन हुनुपर्यो । हुन सकेन भने के गर्ने ?,’ कोइरालाले युवा नेताहरूसँग भनेका थिए, ‘सेन्ट्रल कमिटीले निर्णय गर्ने, बहुमतको आधारमा होइन । सेन्ट्रल कमिटीको सबै बडीले निर्णय गर्ने, विशेष अधिवेशनमा हामी जाने।’
प्रतिक्रिया 4