+
+
Shares

एमाले विधान महाधिवेशन : आवश्यक परे मतदान गर्ने वातावरण तयार छ (भिडियो)

‘प्रतिनिधिले स्वतन्त्र रुपमा बहस गर्न पाउँछन्’

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १९ गते २२:२०

१९ भदौ, काठमाडौं । वडा तहसम्म नेतृत्व परिवर्तनको बहसले स्थान पाइरहेको बेला भोलिबाट तीन दिनसम्म एमालेको विधान महाधिवेशन हुँदैछ । यो महाधिवेशनलाई पार्टीपंक्तिमा चासोका साथ हेरिएको छ ।

विशेषगरी केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नगरेपछि यो बहस पेचिलो बन्दै गएको छ ।

यसैबीच हुन लागेको विधान महाधिवेशनमा भण्डारी पक्षीय स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मतमाथि छलफल हुँदैछ ।

बिहीबार बसेको पार्टीको सचिवालय बैठकले थापाको फरक मतमाथि छलफल गर्ने निर्णय गरेको छ । पार्टीका पोलिटब्यूरो सदस्य बिनोद श्रेष्ठका अनुसार, आवश्यक परेको खण्डमा मतदान नै पनि गर्नेगरी तयारी गरिएको छ ।

मञ्च व्यवस्थापन समितिका संयोजक समेत रहेका श्रेष्ठको भनाइमा, सोही अनुसार व्यवस्थापन गरिएको छ । केन्द्रीय कमिटीले पास गरेकै विषय जस्ताको तस्तै अघि नबढ्ने उनले बताए ।

‘केन्द्रीय कमिटीकै कुरा लागू गर्ने हो भने यो विधान महाधिवेशनका लागि श्रम सीप खर्च गर्नुपर्ने आवश्यकता नै छैन । विधान महाधिवेशनको डेट फाइनल गरिसकेपछि तल्ला हरेक कमिटीमा बहस ओपन गर्‍यो । हजारौं सुझाव आएका छन्,’ बिहीबार अपरान्ह अनलाइनखबरसँग उनले भने, ‘उपाध्यक्ष विष्णु पौडेल कमरेडले त्यसलाई संकलन गर्नुभएको छ । त्यो सुझावको आधारमा भोलि पेश गर्ने प्रतिवेदनमा केन्द्रीय कमिटीले पास गरेकै कुरा जस्ताको तस्तै आउँछ भन्ने पनि छैन ।’

उनका अनुसार, उपाध्यक्ष पौडेलको प्रतिवेदनमाथि आएका सुझावहरूमा विभिन्न १० वटा समूह बनाएर छलफल हुनेछ । प्रतिनिधिहरूले खुला रुपमा विधान अधिवेशनका क्रममा आफ्ना कुरा राख्न पाउनेछन् ।

‘१० वटा ग्रुपमा छलफल हुन्छ । बहुमत वा अल्पमत जे पनि आउन सक्छ, एउटा विचार आउनासाथ यो भाँडियो भन्ने हुँदै हुँदैन,’ उनले भने, ‘कुनै विषयमा मेरो पक्षमा मत जान पनि सक्छ, कुनैमा नजान पनि सक्छ । २३ सय प्लसले आफ्नो विवेक प्रयोग गर्छ । आवश्यकता पर्‍यो भने भोटिङ समेत हुन्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?