+
+
Shares

माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २१ गते १४:३७

२१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले आजदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्ने भएको छ ।

अभियानका लागि पार्टी अध्यक्ष प्रचण्ड शनिबार पोखरा पुगेका छन् । गत जेठ २ गते बैतडीको पाटनबाट अभियान थालेको माओवादी केन्द्रले वर्षा सुरु भएसँगै स्थगन गरेको थियो ।

वर्षाका कारण जेठ १२ गते पोखरामा स्थगित गरिएको अभियान कास्कीको रुपा गाउँपालिका–१ स्यास्त्रीस्थित शहीद पार्कबाट पुन: सुरु हुन लागेको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

सचिवालयका अनुसार शनिबार दिउँसो ३ बजे औपचारिक कार्यक्रम गरेर अभियान अघि बढ्नेछ ।

गएको साउन १६ र १७ गते बसेको पार्टीको स्थायी समिति बैठकले बाँकी जिल्लामा भदौ २१ देखि पुन: अभियान थाल्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?