+
+
Shares

प्रचण्ड नेतृत्वको पार्टीमा नरहने माओवादी रौतहटका इन्चार्ज अशोक जयसवालको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १३:०२

१९ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्र रौतहटका इन्चार्ज अशोक जयसवालले प्रचण्ड नेतृत्वको पार्टीमा नरहने घोषणा गरेका छन् ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै जयसवालले यस्तो घोषणा गरेका हुन् । जयसवाल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुन् ।

‘आज माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग गर्न पुगेको एकता औचित्यहीन, अपरिपक्व, अर्थहीन र उद्देश्यविहीन भएकोले क. प्रचण्ड नेतृत्वको पार्टीमा आजदेखि न रहेको कुरा सम्बन्धित सबैमा जानकारी गराउन चाहन्छु,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ९ वटा दल र समूहबीच आज एकता घोषणा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?