+

एभरेस्ट महिला भलिबल लिग : ललितपुर क्विन्सको लगातार दोस्रो जित

२०८२ भदौ  २१ गते १६:२६ २०८२ भदौ २१ गते १६:२६
एभरेस्ट महिला भलिबल लिग : ललितपुर क्विन्सको लगातार दोस्रो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुर क्विन्सले वात्सल्या एभरेष्ट महिला भलिबल लिगमा लगातार दोस्रो जित हात पारेको छ।
  • शनिबार पोखरा रंगशालामा ललितपुरले काठमाडौं स्पाईकर्सलाई २५-१९, २५-२३, २५-२१ ले पराजित गरेको छ।
  • ललितपुरले पहिलो खेलमा मधेश युनाइटेडलाई पनि सोझो सेटमा हराएको थियो।

२१ भदौ, काठमाडौं । साविक उपविजेता ललितपुर क्विन्सले वात्सल्या एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा लगातार दोस्रो जित हात पारेको छ ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको भ्याली डर्बी खेलमा ललितपरले काठमाडौं स्पाईकर्सलाई सोझो सेटमा हरायो । लगातार दुई खेल जित्दै ६ अंक जोडेको ललितपुर शीर्ष स्थानमा छ ।

ललितपुरले काठमाडौंलाई २५-१९, २५-२३, २५-२१ ले पराजित गरेको हो । ललितपुरले पहिलो खेलमा मधेश युनाइटेडलाई पनि सोझो सेटमा पराजित गरेको थियो ।

आजको दोस्रो खेल कर्णाली यशविस र लुम्बिनी लाभाजबिच हुनेछ । आजको तेस्रो तथा अन्तिम खेल पोखरा निन्जाज र मधेश युनाइटेडबीच हुनेछ।

एभरेस्ट महिला भलिबल लिग ललितपुर क्विन्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय