News Summary
Generated by OK AI. Editorially reviewed.- एभरेस्ट महिला भलिबल लिगमा कर्णाली यशविसले लुम्बिनी लाभाजलाई ३–१ को सेटमा पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ।
- कर्णालीले पहिलो सेट गुमाए पनि दोस्रो, तेस्रो र चौथो सेटमा जित हासिल गरी खेल आफ्नो पक्षमा पारेको हो।
- तेस्रो सेटमा कप्तान अरुणा शाही घाइते भएपछि लुम्बिनीले लय गुमाएको थियो र कर्णालीले पहिलो खेलमा पोखरा निन्जाजलाई ३–० ले पराजित गरेको थियो।
२१ भदौ, पोखरा । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) मा साविक विजेता कर्णाली यशविसले लगातार दोस्रो जित निकालेको छ ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको दोस्रो खेलमा कर्णालीले पुनरागमन गर्दै लुम्बिनी लाभाजलाई ३–१ को सेटमा पराजित गरेको हो ।
निकै प्रतिस्पर्धात्मक पहिलो सेट लुम्बिनीले २५–२३ ले आफ्नो पक्षमा पार्दै अग्रता लिएपनि कर्णालीले त्यसपछि तीन सेटमा पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारेको हो ।
कर्णालीले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–१७ र चौथो सेट २५–२२ ले जित्यो । तेस्रो सेटमा कप्तान अरुणा शाही घाइते हुँदै मैदान बाहिरिएपछि लुम्बिनीले लय गुमाएको थियो ।
कर्णालीले पहिलो खेलमा पोखरा निन्जाजलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
यसअघि शनिबार भएको पहिलो खेलमा ललितपर क्विन्सले काठमाडौं स्पाईकर्सलाई ३–० सोझो सेटमा पराजित गरेको थियो ।
प्रतिक्रिया 4