News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं स्पाईकर्सले एभरेस्ट महिला भलिबल लिगमा मधेश युनाइटेडलाई ३-१ को सेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ।
- काठमाडौंले पहिलो सेट २६-२४, तेस्रो सेट २५-२३ र चौथो सेट २५-१९ मा जित हासिल गरेको हो।
- मधेश युनाइटेडले दोस्रो हार बेहोरेको छ भने लिग २८ भदौसम्म पोखरा रंगशालामा चल्नेछ।
२२ भदौ, काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) मा काठमाडौं स्पाईकर्सले पहिलो जित दर्ता गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार भएको खेलमा काठमाडौंले मधेश युनाइटेडलाई ३-१ को सेटले पराजित गर्यो ।
पहिलो सेट २६-२४ ले आफ्नो पक्षमा पारेको काठमाडौंले दोस्रो सेट २३-२५ ले मधेशलाई सुम्पिएको थियो । तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै काठमाडौंले लिगमा पहिलो जित दर्ता गरेको हो ।
काठमाडौंले तेस्रो सेट २५-२३ र चौथो सेट २५-१९ ले जित्यो । यसअघि काठमाडौं पहिलो खेलमा ललितपुर क्वीन्ससँग पराजित भएको थियो ।
यता मधेश युनाइटेडले भने दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा लुम्बिनीसँगै पराजित भएको मधेशले दोस्रो खेलमा शनिबार पोखरा निन्जाजलाई हराएको थियो ।
आजको दोस्रो खेल पोखरा निन्जाज र लुम्बिनी लाभाजबीच भइरहेको छ ।
इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग २८ भदौसम्म चल्नेछ ।
प्रतिक्रिया 4