+
+
Shares

जेनजीको आन्दोलनलाई समर्थन गर्दै सोविता गौतमले भनिन् – दमन नगरियोस्

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते १०:४२

२३ भदौ, काठमाडौं । प्रतिनिधि सभा सदस्य सोविता गौतमले नयाँ पुस्ता (जेनजी)को आन्दोलनलाई समर्थन गर्दै संवादमार्फत उनीहरुका माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेकी छन् ।

सांसद गौतमले भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको गैरलोकतान्त्रिक निर्णयविरुद्ध उठेको यो आन्दोलन कुनै दल विशेषसँग सम्बन्धित नभइ ‘चेतनशील युवा पुस्ताको नागरिक गर्जन’ भएको उल्लेख गरेकी छन् ।

उनले युवाहरूलाई शान्तिपूर्ण ढङ्गले आन्दोलन गर्न आह्वान गर्दै गृह प्रशासन र सुरक्षाकर्मीलाई बल प्रयोग गरी दमन गर्ने नीति नलिन आग्रह गरेकी छिन् । ‘सडकमा उत्रिएका युवा कुनै पार्टीको झण्डा बोकेर आएका छैनन्, केवल नागरिक भएर आफ्नो पीडा, असन्तोष र आवाज लिएर आएका हुन् । लोकतन्त्रमा असन्तुष्टि पोख्न पाइन्छ। यसलाई दमन गर्ने प्रयास नगर्नुहोस् । यो स्वर अब केवल स्वर होइन, भविष्यको घोषणापत्र हो’, उनले भनेकी छन् ।

गौतमले सरकारलाई युवाको आवाजलाई संवेदनशील भएर सुन्न, विश्वास जित्न र समाधान खोज्न संवाद गर्नुपर्ने सुझाव दिएकी छन् ।

सांसद गौतमले आन्दोलनका क्रममा कुनै कानुनी समस्या आए आफू सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?