+
+
Shares

जेनजी प्रदर्शनमा अर्का व्यक्तिलाई पनि लाग्यो गोली, अवस्था गम्भीर

नयाँ बानेश्वर चोकमा प्रहरीको गोली लागेर अर्का एक जनालाई पनि गोली लागेको हो । गोली लागेका ती व्यक्तिको पहिचान भएको छैन । उनको अवस्था गम्भीर छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते १४:१९

२३ भदौ, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा अर्का एक जनालाई पनि गोली लागेको छ ।

नयाँ बानेश्वर चोकमा प्रहरीको गोली लागेर अर्का एक जनालाई पनि गोली लागेको हो । गोली लागेका ती व्यक्तिको पहिचान भएको छैन । उनको अवस्था गम्भीर छ ।

यसअघि प्रहरीको गोली लागेर एक जनाको निधन भइसकेको छ ।

नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुंगानासहितलाई पनि गोली लागेको छ । दजर्नौं प्रदर्शनकारी घाइते भएका छन् ।

घाइतेहरूलाई नयाँ बानेश्वर आसपासका अस्पतालमा पुर्‍याइएको छ ।

प्रशासनले दिउँसो साढे १२ बजेबाट कर्फ्यू आदेश जारी गरेको थियो । यद्यपि अहिले पनि प्रदर्शन रोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?