
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं चिकित्सक डा. तोसिमा कार्की नयाँ बानेश्वरमा प्रहरी दमनबाट घाइतेको उपचारका लागि सिभिल अस्पताल पुगेर उपचारमा खटिएकी छन्।
- प्रहरीको गोलीबाट एक सय भन्दा बढी घाइते सिभिल अस्पतालमा उपचाररत छन् भने तीन जनाको मृत्यु भएको छ।
२३ भदौ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद एवं चिकित्सक डा. तोसिमा कार्की घाइतेको उपचारका लागि खटिएकी छन् ।
नयाँ बानेश्वरमा प्रहरी दमनबाट घाइते भएकाहरुमा अधिकांशलाई उपचारका लागि सिभिल अस्पताल लगिएको छ ।
डा. कार्की सिभिल अस्पताल पुगेर उपचारमा खटिएकी छन् । चिकित्सकको एप्रोन ड्रेस लगाएर उनी उपचारमा संलग्न रहेकी छन् ।
प्रहरीको गोलीबाट एक सय भन्दा बढी सिभिल अस्पतालमा उपचारत छन् । उक्त अस्पतालमा उपचारत तीन जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4