
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार जेनजीको विरोध प्रदर्शनमा प्रहरी दमनपछि आकस्मिक बैठक बोलाउनुभएको छ।
- जेनजीको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा काठमाडौंमा १७ जनाको मृत्यु भएको छ।
- आन्दोलन उपत्यका बाहिर पनि फैलिएको छ र इटहरीमा दुई जनाको मृत्यु भएको छ।
२३ भदौ, काठमाडौं। नेपाली कांग्रेसका शीर्ष नेताको बैठक जारी रहेको छ ।
सोमबार जेनजीले गरेको विरोध प्रदर्शनमा प्रहरी दमनबाट सर्वसाधारणको मृत्यु एवं दर्जनौं घाइते भएपछि सभापति शेरबहादुर देउवाले आकस्मिक बैठक बोलाएका हुन् ।
सभापति देउवा निवास बुढानीलकण्ठमा वर्तमान र पूर्व पदाधिकारीहरुको बैठक साँझ ५ बजेदेखि जारी छ ।
जेनजीले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा काठमाडौंमा १७ जनाको मृत्यु भएको छ । आन्दोलन उपत्यका बाहिर पनि फैलिएको छ । इटहरीमा दुई जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4