२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । मुख्य गेट फुटाएर घर भित्र प्रवेश गरेका प्रदर्शनकारीले घरभित्रै आगो लगाइदिएका हुन् ।
देउवाको घरबाट कालो धुवाँको मुस्लो उडेको छ । देउवा कहाँ छन् भन्ने खुलेको छैन ।
प्रदर्शनकारीले आजै देउवा पत्नी आरजु राणा देउवाको धनगढीस्थित निवासमा पनि आगजनी गरेका छन् ।
प्रदर्शनकारीले काठमाडौंको नैकापस्थित कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकको घरमा आगजनी समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4