+
+
Shares

देउवालाई दुई महामन्त्रीको चेतावनी- मन्त्री फिर्ता नबोलाए फरक कदम चाल्छौं

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १२:५०

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता नबोलाए अन्य प्रक्रियाबाट कदम चाल्ने चेतावनी दिएका छन् ।

महामन्त्री थापा र शर्माले विज्ञप्ति निकालेर प्रधानमन्त्री केपी शर्माले पदत्याग गरेर राष्ट्रिय सहमतिको निर्माण गर्नुपर्ने बताएका छन् ।

जेन जी पुस्तालाई आग्रह गर्दै थापा र शर्माले न्यायोचित माग पूरा गर्न जोड गरिरहेको बताएका छन् ।

दुई महामन्त्रीले कांग्रेस र एमाले गठबन्धनको सरकार बनाउँदा बनेको ७ बुँदे सहमतिको औचित्य सकिएको उनीहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?