
२४ भदौ, सुर्खेत । आन्दोलनरत जेन–जीहरूले सुर्खेतमा राजनीतिक दलका पार्टी कार्यालयमा आगजानि गरेका छन् ।
उनीहरुले मंगलबार दिउँसो नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको जिल्ला पार्टी कार्यालयमा तोडफोड गर्नुका साथै आगजानी गरेका हुन् ।
आइतबारको आन्दोलनमा सरकारको अत्याधिक बल प्रयोगबाट १९ जनाको मृत्यु भएको विरोधमा उत्रिएका उनीहरुले पार्टी कार्यालयहरुका आगजानी गरेका हुन् ।
सोमबार बिहान कर्णाली प्रदेश सभा र मुख्यमन्त्रीको सरकारी निवासअघि विरोध प्रर्दशन थालेका जेनजीहरूले अहिले राजनीतिक दलका पार्टी कार्यालयहरमा आगजनी गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4