
२४ भदौ, पोखरा । कास्की कारागारबाट सबै कैदीबन्दी भागेका छन् । जेनजी प्रदर्शनकारीले कारागार तोडेर कैदीबन्दी भगाएका हुन् ।
जेनजी आन्दोलनकारीले सरकारी कार्यालयहरू जलाउँदै कारागारबाट कैदीबन्दी छुटाउने सूचनापछि प्रहरी सुरक्षा कडा पारिएको थियो ।
बेलुका जेनजीको सहयोगमा कैदीबन्दीले आफैं कारागार तोडेर भागेको प्रहरी स्रोतले जनाएको छ । जेनजी आन्दोलनकर्मी कारागार सुरक्षामा खटिएका केही प्रहरीमाथि कुटपिटसमेत गरेर भगाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
‘आन्दोलनकर्मीहरु भित्र छिरेर तोडभोड गरे र भित्रबाट कैदीबन्दी पनि उत्रिएपछि कारागार तोडेर भागेका हुन्’ जिल्ला प्रहरी कार्यालयले बतायो ।
कास्की कारागारमा ब्लक ‘ए’ मा ४६६, ब्लक ‘बी’ मा ४८० र महिला ब्लकमा ३५ जना कैदीबन्दी छन् ।
प्रतिक्रिया 4