+
+
Shares

राष्ट्रिय वाणिज्य बैंक बानेश्वर शाखा तोडफोड

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १९:५८

२४ भदौ, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक बानेश्वर शाखामा तोडफोड भएको छ ।

प्रदर्शनकारीहरू बैंक तोडफोड गर्दै भित्र प्रवेश गरेको जानकारी आफूले पाएको बैंकका सूचना अधिकारी पवन रेग्मीले पुष्टि गरे ।

उनले भने, ‘प्रदर्शनकारीहरूबाट बैंक तोडफोड भएको छ । तर के कति क्षति भयो त्यो जानकारी हुन सकेको छैन ।’

उनका अनुसार प्रदर्शनकारी धुकुटीसम्म पुगे नपुगेको बारे यकिन हुन सकेको छैन । शाखा कार्यालयमा कोही कर्मचारी नरहेको समेत उनले बताए ।

प्रदर्शनकारीले हिजो सोमबार पनि बैंकको शाखा तोडफोड गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?