+
+
Shares

महोत्तरीको जलेश्वर काराकारबाट एक बाहेक सबै कैदी भागे

कारागारमा रहेका ५७६ मध्ये ५७५ कैदी फरार भएका हुन्। जेल प्रशासनका अनुसार आज साँझ ६ बजेतिर आन्दोलनकारीहरुको भीड कारागारमा पुगेका थिए।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते २१:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महोत्तरीको जलेश्वर कारागारबाट ५७६ कैदीमध्ये ५७५ कैदी फरार भएका छन्।
  • आन्दोलनकारीले मधेश आन्दोलन २०७२ मा मारिएका सशस्त्र प्रहरी असई थमन विक हत्या प्रकरणमा रहेका ६ जनालाई रिहा गर्न दबाब दिएका थिए।
  • प्रहरीले सुरक्षा दिन नसक्ने भएपछि जेल प्रशासनले सबै कैदीलाई निस्किन दिएको र एक मानसिक रोगी कैदीलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

२४ भदौ, जनकपुरधाम। महोत्तरीको जलेश्वर काराकारबाट एकजना बाहेक सबै कैदी भागेका छन्।

कारागारमा रहेका ५७६ मध्ये ५७५ कैदी फरार भएका हुन्। जेल प्रशासनका अनुसार आज साँझ ६ बजेतिर आन्दोलनकारीहरुको भीड कारागारमा पुगेका थिए।

आन्दोलनकारीले मधेश आन्दोलन २०७२ मा मारिएको सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा रहेका पूर्व प्रदेशसभा सदस्य कौशल यादवसहित ६ जनालाई रिहा गर्न दबाब दिएका थिए।

आन्दोलनकारीरले जेनजीको आन्दोलनमा काठमाडौंको नक्खु कारागारबाट छुटेका रास्वपाका सभापति रविलामिछानेसहितका कैदीहरु रिहा भएको नजिर पेश गरेका थिए । ६ जनालाई छाड्न बाहिर दबाब बढेको भन्दै भित्र कैदीहरुले आन्दोलन सुरु गरेका थिए।

प्रहरीले समेत विकट परिस्थितिमा सुरक्षा दिन नसक्ने भनेपछि जेल प्रशासन निरीह भएर सबैलाई निस्किन दिएको जनाएको छ। जसमध्ये एकजना मानसिक रोगी कैदी रहेकाले उनी जान चाहेनन्। नगएपछि उनलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?