+
+
Shares

पशुपतिनाथमा अराजक समूह पुगेपछि खटियो सेना

सैनिक प्रवक्ता राजाराम बस्नेतले नेपाली सेनाको टोली त्यहाँ पुगिसकेको अनलाइनखबरसँग पुष्टि गरे। जेनजी प्रदर्शनकारीका अगुवाहरुले चाहिँ साँझ प्रदर्शनमा घुसपैठ भएको बताएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते २१:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पशुपतिनाथ मन्दिर क्षेत्रमा अराजक समूहले ढोकामा तोडफोड गरेपछि नेपाली सेनाको टोली खटिएको छ।
  • जेनजी प्रदर्शनकारीका अगुवाहरुले साँझ प्रदर्शनमा घुसपैठ भएको बताएका छन्।
  • प्रदर्शनकारीले राष्ट्रपतिले आह्वान गरेको वार्तामा बसेर समाधान निकाल्ने बताएका छन्।

२४ भदौ, काठमाडौं। पशुपतिनाथ मन्दिर क्षेत्रमा अराजक समूह पुगेर ढोकामा तोडफोड गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन नेपाली सेनाको टोली खटिएको छ।

सैनिक प्रवक्ता राजाराम बस्नेतले नेपाली सेनाको टोली त्यहाँ पुगिसकेको अनलाइनखबरसँग पुष्टि गरे। जेनजी प्रदर्शनकारीका अगुवाहरुले चाहिँ साँझ प्रदर्शनमा घुसपैठ भएको बताएका छन्।

एक जेनजी प्रदर्शनकारीले भने, ‘खासमा यति धेरै आगजनी राति अबेरसम्म यस्तो स्थिति बनाउने हाम्रो योजना नै होइन, हाम्रो माग अनुसार नै परिस्थिति अघि बढिरहेका बेला केही अराजक जथ्थाले मन्दिरमा पुगेका रहेछन्।’

जेनजी प्रदर्शनकारीका अगुवाले राष्ट्रपतिले आह्वान गरेको वार्तामा बसेर समाधान निकाल्ने बताएका छन् ।

साथै, उनीहरुले नयाँ परिस्थिति सिर्जना भइसकेको भन्दै सरकारी सम्पत्तिमा आगजनी नगर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?