+
+
Shares

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २५ गते १०:१८

२५ भदौ, काठमाडौं । सर्वोच्च अदालतले पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ । आगजनीका कारण सर्वोच्च अदालत पूर्णरुपमा क्षतिग्रस्त भएकाले सुनुवाइहरु अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

जेनजी युवाको प्रदर्शनको क्रममा मंगलबार सर्वोच्च अदालत पूर्णरुपमा जलेर ध्वस्त भएको छ ।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारबाट आज बिहान जारी सूचनामा लेखिएको छ, ‘मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएको हुँदा आजको लागि तोकिएका मुद्दाको पेसी स्थगित गरिएको भोलिदेखिका पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको…।’

सर्वोच्च अदालतले हेटौंडास्थित डाटा सेन्टरमा आफ्नो डाटाको ब्याकअप राखेको थियो, त्यहाँ समेत तोडफोड र आगजनी भएको छ । दुवैतर्फ आक्रमण भएपछि अहिले सर्वोच्च अदालतको वेवसाईट ‘डाउन’ छ । सफ्टवेयरबाट मुद्दाहरु अघि बढाउने अवस्था छैन ।

सर्वोच्च अदालतले मुद्दाका सबै प्रक्रियासम्बन्धी विवरण अनलाइनबाट चलाउथ्यो । पछिल्ला वर्षमा मुद्दाका फाइलहरु डिजिटल रुपमा तयार गर्ने क्रम बढेपनि पुराना मुद्दाहरु भने कागजातविना सुनुवाइ गर्न सम्भव हुँदैन ।

अभिलेख जलेपछि सबै प्रमाण नष्ट भएका छन्, ती मुद्दामा के गर्ने भन्ने अन्यौल छ । न्यायाधीशहरुले तयार पारेका कैयौ फैसलाको अभिलेख कम्प्यूटरसँगै जलेर नष्ट भएका छन् । डिजिटल रुपान्तरणमा उदाहरणिय काम गरिरहेको विशेष अदालत पनि आगजनीबाट क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?