
२५ भदौ, काठमाडौं । केही युवाहरुले अहिले काठमाडौंका सडक सफा गरिरहेका छन् । आन्दोलन, तोडफोड र आगजनीको क्रममा भएको फोहोर सफा गर्न युवाहरु खटिएका हुन् ।
उनीहरुले अहिले मीनभवन, बानेश्वर सडकखण्डमा सफाइ गरिरहेका छन् ।
सडक र सडक किनारमा छरिएका प्लास्टिक, कागज, पानीका बोतल लगायतका फोहोर उनीहरु उठाइरहेका छन् । सडकमा जलाइएका जलेका मोटरसाइकल, टायरहरु पनि उनीहरुले पन्छाइरहेका छन् ।
सडक सफाइमा खटिएकाहरुले ‘हामी यो देशका नागरिक हौं, अरू केही होइन’ भनेका छन् ।
हेर्नुहोस् सडक सफाइमा खटिएका युवाहरु–
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4