
२६ भदौ, काठमाडौं । नेपाली सेनाले कर्फ्यु र निषेधाज्ञा अवधिमा पनि दैनिक जनजीवन र दैनिक उपभोग्य वस्तु व्यवस्थापन सहज बनाउन ‘स–सानो समूह’मा कार्य गर्न सकिने जनाएको छ ।
नेपाली सेनाले आज बिहान एसएमएस पठाएर सो जानकारी दिएको हो । सेनाले जारी गरेको सूचनामा लेखिएको छ, ‘जनजीवन सहज बनाउन दैनिक उपभोग्य वस्तु व्यवस्थापनका लागि २६ गतेको बिहान ६ बजेदेखि ९ बजेसम्म तथा साँझ ५ बजेदेखि ७ बजेसम्म खुल्ला रहने भएतापनि स–सानो समुहमा कार्य गर्न आग्रह गर्दछौं ।’
‘स–सानो समूह’ भनेको कति संख्याको हो भन्नेबारे सेनाले स्पष्ट खुलाएको छैन ।
जेनजी आन्दोलनको क्रममा भएको जनधनको क्षतिपछि सुरक्षा परिस्थितिको आधारमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाहरुमा २०८२ भदौ २७ गतेको बिहान ६ बजेसम्म निषेधाज्ञा तथा कर्फ्युको समय थप गरिएको सेनाले जनाएको छ । तर अत्यावश्यक सेवाका सवारी तथा संस्थाहरु भने सञ्चालन गर्न सकिने छ ।
प्रतिक्रिया 4