+
+
Shares

सुन तस्करका नाइके गोरे पनि फरार

सुन तस्करी र व्यक्ति हत्याका नाइके गोरे सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २६ गते १२:१०

२६ भदौ, काठमाडौं। बहुचर्चित सुन तस्करी काण्डका नाइके चूडामणि उप्रेती गोरे पनि फरार भएका छन् ।

सुन तस्करी र व्यक्ति हत्याका नाइके गोरे सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका हुन् । जेनजीको प्रदर्शन उग्र बनेपछि कारागारमा आगजनी र तोडफोड गर्दै कैदीहरु भागेका थिए। सुन्धारा कारागारबाट मात्रै ३३ सय कैदी फरार भएका थिए ।

कारागारमा रहेका ३८ सय कैदीबन्दी मध्ये ५ सय मात्रै कारागारमा बसेका थिए । अहिले भने भागेका केही कैदीबन्दी फर्किएका छन् । केही भने फर्कने क्रममा रहेको बताइएको छ ।

नख्खु कारागारबाट निस्केका कैदीबन्दीहरुले राति १० बजेतिर आएर सुन्धारा तोडफोड गरेको सुरक्षा स्रोत बताउँछ । त्यसपछि सुरक्षाका लागि खटिएको नेपाल प्रहरी त्यहाँबाट भागेर आर्मी हेडक्वाटर पुगेको थियो।

अनि बल्ल नेपाली सेना कारागार पुगेको थियो। त्यतिन्जेलसम्म करिब ३३ सय कैदीबन्दी फरार भइसकेको बताइन्छ ।

सुन्धारा कारागारबाट फरा भएका गोरे साढे ३८ क्वीन्टल सुन काण्डमा जोडिएका थिए । मोरङ, उर्लाबारीका सनम शाक्यको हत्याको अनुसन्धानका क्रममा प्रहरीले ९ माघ २०७४ मा दुबईबाट आएको साढे ३३ किलो सुन हराएपछि भरियाका रुपमा प्रयोग भएका उनको हत्या भएको पत्ता लगाएको थियो ।

प्रहरी अधिकारीहरु नै सुन तस्करी प्रकरणमा संलग्न भएको आरोप लागेपछि गृह मन्त्रालयका तत्कालीन सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा छानबिन समिति बनाएर अनुसन्धान गरिएको थियो ।

छानबिन समितिले गोरे समूहले सन् २०१५ देखि २०१८ को फेब्रुअरीसम्म ३८ क्वीन्टल सुन तस्करी गरेको निष्कर्ष निकालेको थियो । ९ जना प्रहरीसहित ६३ जनाविरुद्ध मुद्दा दर्ता भयो । तर एक किलो पनि सुन भेटिएको थिएन ।

प्रहरीले सुन बरामद गर्न नसकेकै कारण जिल्ला अदालत, मोरङले सबैलाई सफाइ दियो । न्यायाधीश भरत लम्सालको इजलासले १९ असोज २०७८ मा सनम शाक्य हत्या अभियोगमा गोरेसहित ६ जनालाई जन्म कैदको फैसला सुनायो । एक जनालाई ३ वर्ष र अर्का एक जनालाई ६ महिना कैदको सजाय सुनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?