+
+
Shares

जनता प्रतिनिधिद्वारा निर्मित संविधान बाट नै निकास खोजिनुपर्छ : नैनसिंह महर

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २६ गते १४:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान राजनीतिक संकटको समाधान संविधानभित्रै खोजिनुपर्ने स्पष्ट अडान राख्नुभएको छ।
  • महरले जेन्जी आन्दोलनको मुख्य माग संविधानभित्र पूरा गर्न सकिने र आन्दोलनले देशलाई ठूलो मूल्य चुकाउनुपरेको बताउनुभएको छ।
  • महरले सबैलाई संयमित र सुरक्षित रहन आग्रह गर्दै राष्ट्रिय एकता नै सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्नुभएको छ।

२६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान राजनीति संकटको समाधान संवधान सभाले निर्माण गरेको संविधान भित्रबाट खोजिनु पर्ने कांग्रेसको स्पष्ट अडनुान रहेको बताएका छन् ।

उनले देशमा व्याप्त भ्रष्टाचार र शोषणविरुद्ध सुरु भएको जेन्जी आन्दोलनको मुख्य माग यसै संविधान भित्र रहेर पुरा गर्न सकिने कुरा बताएका छन् । उनले यस विषम परिस्थितिमा सबैलाई संयमित र सुरक्षित रहँदै समाजमा अमनचयन कायम गर्ने कार्यमा क्रियाशील रहन अनुरोध गरेका छन् ।

जनचेतना जगाउने उद्देश्यले सुरु भएको आन्दोलनले गलत मोड लिँदा देशले ठूलो मूल्य चुकाउनुपरेको उनको भनाइ छ । ‘यस क्रममा दर्जनौंले ज्यान गुमाएका छन् भने खर्बौंको धनसम्पत्ति नष्ट भएको छ,’ महरले भने ।

सरकारी अकर्मण्यताका कारण डेढ दर्जनभन्दा बढी युवाहरूको ज्यान जानु बर्बरतापूर्ण कार्य भएको भन्दै उनले खेद प्रकट गरे । पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेता र सामाजिक व्यक्तित्वहरूमाथि भएको आक्रमण लोकतान्त्रिक आचरणविरुद्धको निन्दनीय कार्य भएको उनले बताए ।

‘लोकतन्त्रिक प्रणाली विश्वकै उच्चतम प्रणाली हो र यसै प्रणालीअन्तर्गत अहिलेको संविधान बनेको छ,’ महरले भने, ‘यस विषम परिस्थितिको निकास पनि अहिलेको संविधानभित्रै खोजिनुपर्छ ।’

थप निकासका लागि राष्ट्रपतिले सरोकारवाला विभिन्न पक्षसँग वार्ता र समन्वय गरिरहेको र शान्ति सुरक्षा कायम गर्न नेपाली सेनाको अगुवाइमा सुरक्षा संयन्त्रले प्रधान भूमिका निर्वाह गरिरहेको उनले उल्लेख गरे ।

‘यस कठिन घडीमा म समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई धैर्य धारण गर्न, एकताबद्ध भई एक अर्काको साथ दिन र सुरक्षित रहनका लागि विशेष आग्रह गर्दछु,’ उनले भने, ‘हाम्रो राष्ट्रिय एकता नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो र यसले नै हामीलाई हरेक संकटबाट पार लगाउन सक्छ ।’

उनले निषेधाज्ञा तथा कर्फ्युमा एम्बुलेन्स, शव वाहन, दमकल, पत्रकार, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनजस्ता अत्यावश्यक सेवालाई सहजता प्रदान गर्नसमेत आग्रह गरेका छन् ।

हिजो बिहान सामाजिक संजालमा सबैभन्दा पहिले राजनीतिक बृत्तवाट मौनता नेपाली कांग्रेस केन्द्रीय सदस्य महरले तोड्दै संविधानवाद र विधिको पक्षमा बोलेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?