२५ वैशाख, डडेल्धुरा । नेपाली कांग्रेसका नेता नैनसिंह महरले जनता तर्साएर घर भत्काउने अमानवीय कार्य सरकारले रोक्नु पर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन डडेल्धुराले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देशका लागि जमिन र जनता उत्तिकै आवश्यक भए पनि सरकार जनजीविकाप्रति गैह्रसंवेनशील देखिन थालेको बताए ।
नेता महरले संसद् अधिवेशनबाट भागेर अध्यादेशमार्फत् शासन चलाउने कुराले संसद्को सर्वोच्चतामाथि सरकारले धावा बोल्न खोजेको आरोप लगाए ।
शक्ति सन्तुलनको अवधारणाविपरित कार्यपालिकाबाट न्यायालयको परम्परा र स्वतन्त्रतामाथि अंकुश लगाउने खेलको सुरूवात भएको महरको भनाइ थियो ।
पार्टीको आन्तरिक राजनीतिबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा महरले आफू गुटबन्दीभन्दा माथि उठेर एकताबद्ध, गतिशील र रूपान्तरित कांग्रेस निर्माणको पक्षमा रहेको बताए ।
उनले अबको कांग्रेस लोकतन्त्र, संसदीय सर्वोच्चता र प्रेस स्वतन्त्रताको रक्षामा थप खरो रूपमा उत्रिनुपर्ने बताए ।
प्रतिक्रिया 4