News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता नैनसिंह महरले दोषीलाई लुकाएर एकपक्षलाई मात्रै लक्षित गरी गरिने कारबाहीले सुशासन स्थापना नहुने बताएका छन्।
- पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि उनले राज्यकानुन मिचेर अगाडि बढ्दा प्रतिशोधले देश जलाउने टिप्पणी गरेका छन्।
- महरले भाद्र २३ र २४ गतेका घटनामा योजनाबद्ध घुसपैठ गराई ध्वंस मच्चाउने तत्वहरूको निष्पक्ष छानबिन गरी कारबाही गर्नुपर्ने उल्लेख गरेका छन्।
१४ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले दोषीलाई लुकाएर एकपक्षलाई मात्रै लक्षित गरी गरिने कारबाहीले सुशासन स्थापना नगर्ने बताएका छन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि उनले राज्यकानुन मिचेर अगाडि बढ्दा प्रतिशोधले देश जलाउने टिप्पणी गरेका छन् ।
‘दोषीलाई लुकाएर एकपक्षलाई मात्रै लक्षित गरी गरिने कारबाहीले सुशासन स्थापना गर्दैन,’ महरले फेसबुकमा लेखेका छन्, ‘जनताले केवल प्रतिशोध होइन, विकाससँगै सुशासनको अनुभूति खोजेका छन् । राज्यले कानुन मिचेर अगाडि बढ्दा प्रतिशोधले देश जलाउने मात्रै हो । चेतना भया !’
अपराधको प्रकृति र गम्भीरताअनुसार प्रचलित कानुनबमोजिम निष्पक्ष र समान रूपमा सजाय सुनिश्चित हुनुपर्ने उनको भनाइ छ ।
‘भाद्र २३ र २४ गतेका घटनाहरूमा योजनाबद्ध रूपमा घुसपैठ गराई ध्वंस मच्चाउने तत्वहरूको निष्पक्ष छानबिन गरी कारबाही गरिनुपर्छ,’ नेता महरले लेखेका छन् ।
प्रतिक्रिया 4