+
+
Shares

शीतलनिवासमै छन् राष्ट्रपति

बसन्त बस्नेत बसन्त बस्नेत
२०८२ भदौ २६ गते २२:५२

२६ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शीतलनिवासमै रहेको खुलेको छ ।

अनलाइनखबरलाई प्राप्त सूचना अनुसार, उनले प्रधानसेनापति र विज्ञसहित शीतलनिवासमै बसेर छलफल गरेका छन् । नयाँ सरकार गठनको तयारी हुँदै गर्दा राष्ट्रपति पौडेल कहाँ छन् र के हुँदैछ भन्ने चासो सबैतिर बढेको छ ।

यसैबीच, उनले केही विज्ञसहितसँग शीतलनिवासमै बसेर छलफल गरेको स्रोतले बताएको छ ।

बिहीबार बेलुकी राष्ट्रपति पौडेलसँग शीतलनिवासमा संविधानविद् विपिन अधिकारी, पूर्णमान शाक्य र भिमार्जुन आचार्यले भेट समेत गरेका हुन् । भेटका क्रममा राष्ट्रपति पौडेलले अहिले उत्पन्न परिस्थितिको निकास  दिनेबारे कुराकानी गर्न बोलाएको बताएका थिए ।

त्यस्तै, उक्त छलफलमा ललित बस्नेत, सूर्य ढुंगेल, चन्द्रकान्त ज्ञवाली पनि थिए ।

‘यसको संवैधानिक, राजनीतिक पाटो के हुन्छ भन्ने परामर्श गर्न बोलाएको हुँ,’ भन्दै राष्ट्रपतिले कुराकानी सुरु गरेको स्रोतको भनाइ छ ।

त्यसपछि प्रधानसेनापति अशोकराज सिग्देलले बाहिर विभिन्न अफवाहहरू फैलिने क्रम सुरु भएको भन्दै छिटो सरकार गठन गरिदिए सजिलो हुने बताएको स्रोतको भनाइ छ ।

तीनै जनाले संविधानको पालक र संरक्षक राष्ट्रपति भएकाले चाहे आवश्यकताको सिद्धान्त वा उपलब्ध जुनसुकै बाटोबाट चुनाव गराउने गरी नागरिक सरकार बनाउन राष्ट्रपतिले पहल गर्नुपर्ने सुझाव दिएका थिए ।

‘राष्ट्रपतिले सरकार गठनका लागि अग्रसरता लिन सक्ने हक संविधानले दिएको छ, त्यो हक नै प्रयोग गर्नुपर्छ,’ उनीहरुको सुझाव उद्धृत गर्दै स्रोतले भन्यो, ‘नागरिकको शासन, लोकतान्त्रिक मूल्य, मान्यता र संविधानवाद तीन कुरालाई उपेक्षा गुर्न हुँदैन । त्यो नै अबको बाटो हो ।’

दुई घण्टासम्म यो बैठक चलेको स्रोतको भनाइ छ । राति १० बजे सबैजना शितलनिवासबाट निस्किएका थिए ।

स्रोतका अनुसार, संविधानविद् अधिकारीले २०४७ सालमा जसरी बाधा फुकाइएको थियो, २०६२/६३ मा जसरी गरिएको थियो, अहिलेको शून्यता फर्काउन त्यही बाटो लिनुपर्ने बताएका थिए ।

लेखक
बसन्त बस्नेत

बसन्त बस्नेत अनलाइनखबरका प्रधान सम्पादक हुन् । उनका 'महाभारा' र 'सिमसारा' उपन्यास तथा '७२ को विस्मय : संविधान मधेस र नाकाबन्दी' सामयिक इतिहास गरी तीन किताब प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?