+
+
Shares

शपथ समाराेहमा जे देखियो…

शपथ ग्रहणपछि प्रधानमन्त्री कार्कीले शपथको व्यहोरा लेखिएको पत्रमा हस्ताक्षर गरेकी थिइन् । त्यसपछि उनका पति दुर्गा सुवेदी समेत अगाडि गएर फोटो खिचाएपछि शपथ सकिएको थियो । 

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २७ गते २१:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले २७ भदौ, राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनियताको शपथ लिएकी छन्।
  • राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीलाई शपथ गराएका थिए र कार्यक्रममा उपराष्ट्रपति रामसहाय यादव र प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतमात्रै मञ्चमा थिए।
  • सभामुख, उपसभामुख र प्रमुख विपक्षी दलका नेता मञ्चमा थिएनन् भने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनका श्रीमान् दुर्गा सुवेदी दर्शकदीर्घामा उपस्थित थिए।

२७ भदौ, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालय, शितल निवासमा पद तथा गोपनियताको शपथ लिएकी छन् ।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ गराएका थिए ।

शपथग्रहण कार्यक्रममा राष्ट्रपति पौडल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतमात्रै मञ्चमा थिए ।

सभामुख, उपसभामुख एवं प्रमुख विपक्षी दलका नेता मञ्चमा थिएनन् ।

दर्शकदीर्घाको अघिल्लो पङ्तीमा कार्कीका श्रीमान् दुर्गा सुवेदी, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, मुख्यसचिव, प्रधानसेनापति कुटनीतिक नियोगका प्रमुखहरु लगायतका व्यक्ति उपस्थित थिए ।

शपथ ग्रहणपछि प्रधानमन्त्री कार्कीले शपथको व्यहोरा लेखिएको पत्रमा हस्ताक्षर गरेकी थिइन् । त्यसपछि उनका पति दुर्गा सुवेदी समेत अगाडि गएर फोटो खिचाएपछि शपथ सकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?