+
+
Shares

प्रधानमन्त्रीको नियुक्तिपत्रमा राष्ट्रपतिको म्यान्डेट- ६ महिनाभित्र चुनाव गराउनू

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २७ गते २३:०२

२७ भदौ, काठमाडौं । ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नेगरी सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएकी छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई दिएको नियुक्तिपत्रमा ‘६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नेगरी’ भन्ने व्यहोरा उल्लेख छ ।

शपथ ग्रहण समारोहमा राष्ट्रपति कार्यालयका सचिव दीपक काफ्लेले नियुक्तिपत्रको व्यहोरा पढेर सुनाएका थिए । व्यहोरा अनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नयाँ सरकार गठन प्रक्रिया अघि बढाएको उल्लेख छ ।

नियुक्तिपत्रको व्यहोरामा राष्ट्रपतिमा अन्तरनिहीत अधिकारको प्रयोग गरी कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको व्यहोरा उल्लेख छ, जुन व्यहोरा संविधानको धारा ६१ मा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?