
२७ भदौ, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की शीतलनिवासबाट बाहिरिएकी छिन् । उनले आफ्नो शपथ सकेर राष्ट्रपति निवासबाट बाहिरिएकी हुन् ।
उनी अब सिंहदरबार पुगेर पदभार सम्हाल्ने कार्यक्रम छ ।
६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नेगरी कार्की शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई दिएको नियुक्तिपत्रमा ‘६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नेगरी’ भन्ने व्यहोरा उल्लेख छ ।
नियुक्तिपत्रको व्यहोरामा राष्ट्रपतिमा अन्तरनिहीत अधिकारको प्रयोग गरी कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको व्यहोरा उल्लेख छ, जुन व्यहोरा संविधानको धारा ६१ मा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4