+
+
Shares

बंगलादेशका सरकार प्रमुख युनुसले दिए प्रधानमन्त्री कार्कीलाई शुभकामना

देशको जटिल परिस्थितिका बेला प्रधानमन्त्रीको कार्यभार सम्हाल्नु तपाईंप्रतिको नेपाली जनताको भरोसा एवं विश्वास हो भन्दै प्रमुख सल्लाहकार युनुसले प्रधानमन्त्री कार्कीको सक्षम नेतृत्वमा नेपाल विकास, शान्ति र स्थायित्वको मार्गमा अग्रसर हुने विश्वास व्यक्त गरे।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २८ गते १५:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार प्राध्यापक मोहम्मद युनुसले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति प्रति हार्दिक बधाई ज्ञापन गर्नुभयो।
  • प्रमुख सल्लाहकार युनुसले प्रधानमन्त्री कार्कीको नेतृत्वमा नेपाल विकास, शान्ति र स्थायित्वको मार्गमा अग्रसर हुने विश्वास व्यक्त गर्नुभयो।
  • उहाँले बङ्गलादेश र नेपालबीचको सम्बन्ध सुदृढ बनाउन निकट सम्पर्कमा काम गर्न इच्छुक रहेको उल्लेख गर्नुभयो।

२८ भदौ, काठमाडौँ। बंङ्गलादेश सरकारका प्रमुख सल्लाहकार प्राध्यापक मोहम्मद युनुसले श्री सुशीला कार्की नेपालको प्रधानमन्त्री नियुक्त भएकामा आज एक शुभकामना सन्देश पठाएर उनीप्रति हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

देशको जटिल परिस्थितिका बेला प्रधानमन्त्रीको कार्यभार सम्हाल्नु तपाईंप्रतिको नेपाली जनताको भरोसा एवं विश्वास हो भन्दै प्रमुख सल्लाहकार युनुसले प्रधानमन्त्री कार्कीको सक्षम नेतृत्वमा नेपाल विकास, शान्ति र स्थायित्वको मार्गमा अग्रसर हुने विश्वास व्यक्त गरे।

परराष्ट्र मन्त्रालयकोसमेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री कार्कीसँग निकट सम्पर्कमा रहेर काम गर्नमा आफू इच्छुक रहेको उल्लेख गर्दै प्रमुख सल्लाहकार युनुसले आपसी सम्मान र सहकार्यमा आधारित बङ्गलादेश र नेपालबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

साथै उनले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?