+
+
Shares

बंगलादेशका प्रधानमन्त्रीको सपथ समारोहमा परराष्ट्रमन्त्री शर्मा सहभागी हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ४ गते १०:४२

४ फागुन, काठमाडौं । बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा सहभागी हुने भएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्री शर्मालाई उक्त समारोहमा सहभागी हुन जान भनेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए ।

लगत्तै आजै परराष्ट्रमन्त्री शर्मा बंगलादेशको ढाका जाँदैछन् ।

बंगलादेशमा हालै सम्पन्न निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले दुईतिहाइ बहुमत पाएको छ ।

बीएनपीका प्रमुख तारिक रहमानले प्रधानमन्त्रीको सपथ लिँदैछन् । उनको सपथ ग्रहण समारोह मंगलबार हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?