+
+
Shares

नेपालको उदाहरण दिंदै आदित्यनाथले भने- साना साना कुरा पनि समयमै गर्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २८ गते १८:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनताका साना समस्या समयमै समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ।
  • उहाँले नेपालमा भएको जेन-जी आन्दोलनलाई उदाहरण दिँदै साना कुरा बेवास्ता गर्दा ठूला समस्यामा परिणत हुने बताउनुभयो।
  • आदित्यनाथले जनप्रतिनिधिहरूले जनताको आक्रोश सहनु पर्ने र धैर्यपूर्वक गुनासो सुन्ने जिम्मेवारी लिनुपर्ने उल्लेख गर्नुभयो।

२८ भदौ, काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनताका साना-साना समस्या पनि समयमै समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपालमा भएको जेन-जी आन्दोलनको उदाहरण दिंदै शनिबार आदित्यनाथले साना कुरा बेवास्ता गरे ठूला समस्यामा परिणत हुने बताएका हुन् ।

समाचार संस्था पीटीआईका अनुसार उनले जनताका समस्यलाई संवेदनशील ढंगले समाधान गर्नुपर्ने बताए ।

‘साना कुरा बेवास्ता गरिएमा ठूला समस्यामा परिणत हुने गरेको छ । छिमेकी मुलुकमा देखिएको अवस्थाले यसलाई प्रष्ट पारेको छ’ उनले भने, ‘त्यसैले समस्यालाई संवेदनशीलतापूर्वक र सक्रिय ढंगले सम्बोधन गर्नुपर्छ ।’

आदित्यनाथले जनप्रतिनिधिहरूले पनि कहिलेकाहीँ जनताको आक्रोश सहनुपर्ने भएकाले धैर्यपूर्वक उनीहरूको गुनासो सुन्ने र विवेकपूर्ण रूपमा समाधान गर्ने जिम्मेवारी लिनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?