
२९ भदौ, काभ्रेपलाञ्चोक । बनेपाका धेरै घरमा शैक्षिक परामर्श दातृ संस्था (एजुकेसनल कन्सल्टेन्सी) को बोर्ड झुन्डिएको देखिन्छ । तर ती अधिकांश कन्सल्टेन्सी दर्ता नै नगरी सञ्चालन भएको पाइएको छ ।
दर्ता नै नगरी सञ्चालन गरिएको पाइएपछि काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठको नेतृत्वमा भएको अनुगमन टोलीले ती कन्सल्टेन्सी बन्द गर्न निर्देशन दिएको छ ।
नेपाली विद्यार्थी उच्चशिक्षाका लागि विदेशिने क्रम बढेसँगै जिल्लामै सयौंको संख्यामा कन्सल्टेन्सी खुलेका छन् । विद्यार्थीलाई शैक्षिक परामर्श दिन भनेर खोलिएका अधिकांश कन्सल्टेन्सीले सम्बन्धित निकायबाट अनुमति नै नलिएको अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए ।
बनेपामा मात्र ८३ भन्दा बढी कन्सल्टेन्सी सञ्चालनमा छ । त्यस्तै काभ्रेकै पाँचखालमा ५ वटा, भकुण्डेमा २ वटा र पनौतीमा १ वटा कन्सल्टेन्सी सञ्चालनमान् छ ।
एजुकेसनल कन्सल्टेन्सी सञ्चालनका लागि विगतमा शिक्षा मन्त्रालयबाट अनुमति लिनुपर्ने व्यवस्था थियो । अहिले प्रदेशको सामाजिक विकास मन्त्रालयबाट अनुमति लिएर मात्रै सञ्चालन गर्नुपर्ने व्यवस्था छ ।
काभ्रेका कतिपय कन्सल्टेन्सी नियमविपरीत काठमाडौंका कन्सल्टेन्सीको शाखाको रूपमा सञ्चालनमा रहेका छन् । कतिपयले भने कम्पनी रजिष्ट्रार र आन्तरिक राजस्वमा दर्ता मात्रै गरेर अवैधानिक रूपमा शैक्षिक परामर्श सेवा सञ्चालन गरिरहेका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठको नेतृत्वमा जिल्ला शिक्षा समन्वय इकाइ, उद्योग तथा वाणिज्य कार्यालय, बनेपा नगरपालिकाका प्रतिनिधिहरूले कन्सल्टेन्सीको अनुगमन गरेका थिए ।
अनुगमनका क्रममा काभ्रेमा सञ्चालनमा रहेकामध्ये हालसम्म शिक्षा मन्त्रालयबाट अनुमति लिएर ४ वटा र बागमती प्रदेश सामाजिक विकास मन्त्रालयबाट अनुमति लिएका १२ गरी १६ वटामात्रै वैधानिक रहेको पाइएको छ ।
डिस्नेसी एजुकेसनल कन्सल्टेन्सी, मेभन एजुकेसनल कन्सल्टेन्सी, मेन्टर्स एजुकेसनल कन्सल्टेन्सी र सोरा इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति लिएको पाइएको छ ।
क्रिप्टन एजुकेसनल कन्सल्टेन्सी, एनआईसीई इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सी, रिच इट लर्निङ सेन्टर, एजुकेयर एजुकेसन सेन्टर, बनेपा फर्बिट एजुकेसनल कन्सल्टेन्सी, हाचिको जापानिज ल्याङ्वेज एन्ड कल्चर सेन्टर, बनेपा अप्टिमस ग्लोबल एजुकेसनल कन्सल्टेन्सी र बीसीईसी सक्सेस एडुकेस्नल कन्सल्टेन्सी बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा दर्ता भएको पाइएको छ ।
दर्ता प्रक्रियामा रहेका डिस्कभरी पाथवे एजुकेसनल कन्सल्टेन्सी, माइलस्टोन एडुकेस्नल एन्ड भिजा सर्भिस, एसएआर एजुकेसनल कन्सल्टेन्सी र बीएन्डबी ल्याङ्वेज एन्ड कन्सल्टेन्सीको शुक्रबार मात्र अनुमति आएको छ ।
अनुगमन टोली आएको थाहा पाएसँगै विभिन्न कन्सल्टेन्सी सञ्चालक हतारहतार कार्यालय बन्द गरेर भागेका थिए । डीएबी एजुकेसनल कन्सल्टेन्सी, ग्रेस एजुकेसनल कन्सल्टेन्सी, ट्रायल मेकर एजुकेसनल कन्सल्टेन्सी, ट्रायल मेकर एजुकेसनल कन्सल्टेन्सी, क्याम्ब्रिज एजुकेसन स्टडीमा अनुगमन टोली पुग्दा सञ्चालक कार्यालयमा ताला लगाएर हिँडेका थिए ।
त्यस्तै अनुगमन टोलीका अनुसार अनुगमनका क्रममा दर्ता नभएका कन्सल्टेन्सीहरू बन्द गर्न निर्देशन दिइएको छ । अनुगमन भएकामध्ये ग्लोबल हब एजुकेसनल कन्सल्टेन्सी, मिसन कम्प्युटर एन्ड एजुकेसनल कन्सल्टेन्सी, बनेपा हार्डफोर्ड एजुकेसनल कन्सल्टेन्सी, एसडीसी एजुकेसनल कन्सल्टेन्सी दर्ता नभएकाले बन्द गर्न निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिए ।
विनादर्ता सञ्चालन भएका एजुकेसनल कन्सल्टेन्सीलाई दर्ता प्रक्रिया भएपछि मात्र सञ्चालनको लागि अनुरोध गरिएको छ ।
बनेपामा सञ्चालनमा रहेका तर दर्ता नभएका एजुकेसनल कन्सल्टेन्सीमा माभिन कन्सल्टिङ ग्रुप, जेबीसी एजुकेसनल कन्सल्टेन्सी, ड्रम्स एजुकेसनल कन्सल्टेन्सी, आकुराइ जापनिज ल्याङ्वेज स्कुल, सेन्साइ एजुकेसनल कन्सल्टेन्सी, सक्सेस एजुकेसन एन्ड जब सोलुसन, मोर्डन कम्प्युटर इन्स्टिच्युट, एसडीसी बनेपा, नेपाल मेडिया इन्स्टिच्युट, यास एजुकेसन कन्सल्टेन्सी (भिजा डिरेक्ट) रहेका छन् ।
यस्तै ट्रायल मेकर्स बनेपा, ग्रिन माउन्टेन कन्सल्टेन्सी, सहारा एजुकेसन कन्सल्टेन्सी, नयन एजुकेसन कन्सल्टेन्सी, क्वालिटी सर्कल एजुकेसन कन्सल्टेन्सी, अउस स्टडिज, बज्यु एजुकेसनल कन्सल्टेन्सी, केबिए ग्लोबल, ड्याड एजुकेसन कन्सल्टेन्सी, हार्टफोर्ड एजुकेसनल कन्सल्टेन्सी, नेसनल मेडिया इन्स्टिच्युट, इनरिच इन्टरनेसनल कन्सल्टेन्सी, रिड एन्ड फ्लाई एजुकेसन कन्सल्टेन्सी, डिजायर एजुकेसन कन्सल्टेन्सी पनि विनादर्ता सञ्चालित छन् ।
एडु एड्भाइस एजुकेसन कन्सल्टेन्सी, केटीएम कन्सल्टिङ ग्रुप, स्काई वे एजुकेसनल कन्सल्टेन्सी, काभ्या ग्लोबल, अचिभर एजुकेसन पार्टनर्स, गुडविल एजुकेसनल कन्सल्टेन्सी, ग्रेस एजुकेसन, उन्मेइ एजुकेसन कन्सल्टेन्सी, साइन ग्लोब कन्सल्टेन्सी, रेन्बो एजुकेसन, साकुरा जापानिज ल्याङ्वेज स्कुल, फुलमुन एजुकेसन कन्सल्टेन्सी, गोल्डेन स्टेट एजुकेसन पनि दर्ता छैनन् ।
दर्ता नभई सञ्चालन भएका कन्सल्टेन्सीमा ग्लोबल हब एजुकेसन कन्सल्टेन्सी, अप्टिमस ग्लोबल एजुकेसन, काभ्रे एजुकेसन कन्सल्टेन्सी, न्युटोन एजुकेसन, सार्प एजुकेसन कन्सल्टेन्सी, ब्राइट करिअर इन्स्टिच्युट, भिजा वर्ल्ड एजुकेसन, सेन्ट जेभियर्स एजुकेसनल कन्सल्टेन्सी, माइल्स्टोन ग्लोबल एजुकेसनल कन्सल्टेन्सी, नेक्सस एजुकेसनल कन्सल्टेन्सी, क्याम्ब्रिज एजुकेसन कन्सल्टेन्सी, नेक्स्ट हब ग्लोबल एजुकेसन, एक्स्प्लोर एजुकेसन कन्सल्टेन्सी, नोभेम्बर एजुकेसन कन्सल्टेन्सी, वेल हब एजुकेसन कन्सल्टेन्सी, सिल्भर एजुकेसन फाउन्डेसन रहेका छन् ।
यस्तै उरिनारा कोरियन ल्याङ्वेज स्कुल, अल्फा कोरियन ल्याङ्वेज, सुपर लाइफ एजुकेसनल कन्सल्टेन्सी, ह्युमन ट्रस्ट एकाडेमी, आरिराङ कोरियन भाषा स्कुल, भरोसा एजुकेसनल कल्चरल सेन्टर, बनेपा ग्लोबल स्टडी कन्सल्टेन्सी, काभ्रे कम्प्युटर ट्रेनिङ एन्ड ल्याङ्वेज सेन्टर, ब्राइट फ्युचर भिसा एन्ड एजुकेसनल कन्सल्टेन्सी, सीईईसी, वरी इन्स्टिच्युट, लर्नमोर एजुकेसनल कन्सल्टेन्सी, डायनामाइट ल्याङ्वेज एन्ड कन्सल्टेन्सी विनादर्ता सञ्चालित छन् ।
त्यस्तै पाँचखालमा सञ्चालनमा रहेका तर दर्ता नभएका कन्सल्टेन्सीमा रिच इट लर्निङ सेन्टर, पाँचखाल ड्रिम एजुकेसन कन्सल्टेन्सी, युनिवर्ल्ड्स एजुकेसन कन्सल्टेन्सी, एसएस एजुकेसन कन्सल्टेन्सी र पाँचखाल एसएमएस जापानी भाषा सिकाइमा छन् ।
काभ्रेकै भकुण्डेमा रिच इट लर्निङ सेन्टर र ड्रिम्स एजुकेसन कन्सल्टेन्सी सञ्चालनमा छन् । पनौतीमा भने लिडटु जापान एजुकेसन पनौती दर्ता नभई सञ्चालनमा छ ।
अनुगमनका विषयमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का काभ्रे शाखा अध्यक्ष भुवन रायमाझी सरकारी निकायको तर्फबाट भएको अनुगमन स्वागतयोग्य भएको बताउँछन् । तर समयमा अनुगमन नहुँदा विद्यार्थी र सञ्चालकलाई समस्या परेको बताए ।
‘लाइसेन्स लिएर मात्र काम गर भन्नु ठिक हो । तर समयमा नै अनुगमन भएको भए कन्सलटेन्सीहरूले नपुगेका कागजात फलोअप गर्थे र समस्याको समाधान हुन्थ्यो,’ रायमाझीले भने, ‘अब पनि प्रक्रियामा रहेकाहरूलाई चाँडोभन्दा चाँडो कागजपत्र दिएर विद्यार्थीको भविष्य शुनिश्चित गर्न अनुरोध गर्दछु ।’
प्रतिक्रिया 4