+
+
Shares

जेनजी विद्रोहपछि शान्त काठमाडौं (तस्वीरहरु)

भदौ २३ र २४ गते दुई दिनको अवधिमा भएको उथलपुथलले युवाहरुले चाहेअनुसारको नयाँ नेपाल बन्ला ?

कृष्ण अर्जुन रिजाल कृष्ण अर्जुन रिजाल
२०८२ भदौ २९ गते १०:२७

२९ भदौ, काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजी युवाहरुले गरेको प्रदर्शनको क्रममा हिंसा, तोडफोड, आगजनी र लुटपाटपछि काठमाडौं अहिले शान्त छ । स्थिति नियन्त्रणमा लिने क्रममा चलेको गोली र आगजनीबाट कम्तिमा ५० जनाको मृत्यु पुष्टि भइसकेको छ ।

प्रदर्शनको क्रममा नेपालको सबैभन्दा सुरक्षित ठानिएको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, संसद भवन, राष्ट्रपति कार्यालय, प्रधानमन्त्रीको सरकारी निवाससमेत आगजनीबाट ध्वस्त भए । सर्वोच्च अदालत, मन्त्रालय, प्रहरी कार्यालय र पालिका भवनहरुमा समेत आगजनी भए । विभिन्न पार्टी कार्यालय, नेताहरुका निवास र व्यापारिक संरचनाहरु पनि तोडफोड र आगजनीबाट बाँकी रहेनन् ।

यो घटनाले राजनीतिमा उथलपुथल ल्याएको छ । युवाहरुको विद्रोहले सरकार ढालेको छ । संसद विघटन भएको छ । र, ताजा जनादेशका लागि आगामी फागुन २१ गते मध्यावधि निर्वाचन गराउने जिम्मेवारीका साथ पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ ।

तोडफोड, आगजनी र लुटपाटबाट खर्बौंको नोक्सानी भएको अनुमान गर्न सकिन्छ । यद्यपि क्षतिको एकिन विवरण सार्वजनिक भइसकेको छैन । कहिले सार्वजनिक हुन्छ भन्ने पनि थाहा छैन । खण्डहर संरचना कहिले पुनर्निर्माण होला भन्ने पनि थाहा छैन ।

ती त्रासदीपूर्ण घटना र अनिश्चित भविष्यका बीच जनजीवन भने सामान्य बन्दै गएको छ । सडकमा निजी र सार्वजनिक सवारी साधनहरु चलिरहेका छन् । पसल व्यवसायहरु खुलेका छन् । मानिसहरु कार्यालय, पेशा व्यवसाय र नियमित काममा फर्किएका छन् ।

तर के अब, भदौ २३ र २४ गते दुई दिनको अवधिमा भएको यो उथलपुथलले युवाहरुले चाहेअनुसारको नयाँ नेपाल बन्ला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?