+

नेपालगन्ज नाइट रन स्थगित, चाँडै अर्को मिति घोषणा हुने

२०८२ भदौ  २९ गते ११:५९ २०८२ भदौ २९ गते ११:५९
नेपालगन्ज नाइट रन स्थगित, चाँडै अर्को मिति घोषणा हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालगन्ज १० नाइट रन असोज ३ गते देशको विषम परिस्थितिका कारण अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ।
  • एम्सको पूर्णकालीन सदस्यता पाएपछि नाइट रनको दोस्रो संस्करण गर्ने तयारी थियो तर हिंसाका कारण स्थगित गर्ने निर्णय भएको छ।
  • स्थगित भए पनि आयोजकले असोज २८ गते गौघाट ग्रीन रन र मंसिर ६ गते धारा नेपालगन्ज म्याराथनको तयारी गरिरहेको छ।

२९ भदौ, काठमाडौं । हरेक वर्ष संविधान दिवसका दिन असोज ३ गते हुँदै आएको नेपालगन्ज १० नाइट रन स्थगित गरिएको छ ।

देशको विषम् परस्थितिका कारण अर्को सुचना नभएसम्मका लागि नाइट रन स्थगित गरिएको हो । नाइट रन आयोजक समितिको भर्चुअल बैठकले हाललाई नाइट रन स्थगित गर्ने निर्णय गरेको हो ।

विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)को पुर्णकालीन सदस्यता लिएपछि आधिकारिक रुपमा नाइट रनको दोस्रो संस्करण गर्न लागिएको थियो ।

‘शुभेच्छुकहरुबाट हामीले दौड तोकिएकै मितिमा गर्नुपर्ने र स्थगित गर्नुपर्ने बराबरी सुझाव पाएका थियौं’ एम्सका नेपाल प्रतिनिधि तथा धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भने, ‘तर, युवाहरुको ऐतिहासिक आन्दोलन तथा बलिदान र लगत्तै भड्किएको हिंसाले भौतिक तथा मानविय क्षतिले मुलुक शोकमग्न रहेकोबेला तत्कालै दौंड आयोजना गर्न उपयुक्त नहुने निष्कर्षमा हामी पुगेका छौं ।’

यसले धावक तथा दौडप्रति रुचि भएका तमाम व्यक्तिहरुप्रति पर्न गएको असुविधाप्रति आयोजकले क्षमायाचना पनि गरेको छ ।

‘सयौँ व्यवसायिक धावकहरुले अनलाईन फर्म भर्नुभएको छ, धेरै ठाउँबाट आयोजनासम्बन्धि जिज्ञासा आइरहेको छ । यस्तो बेला स्थगित गर्नुपर्दा हामी दुःखी छौं ’ नेपालगन्ज १० नाइट रनका संस्थापक टीएस ठकुरीले भने, ‘तर यो यसवर्षकै लागि रोकिएको होइन् । उपयुक्त मितिमा नाइट रन निरन्तरता दिनेछौं ।’

एम्सको पुर्णकालीन सदस्यताको मान्यतासँगै यसबर्षदेखि नेपालगन्ज १० नाइट रनको विजेतालाई थाइल्याण्डको पर्यटकीय सहर बाङ्सेनमा हुने विश्व स्तरीय सडक दौडमा सहभागी गराउने तयारी थियो । यसले खेलाडीलाई बेग्लै उत्साह र उर्जा थपेको थियो ।

नाइट रन स्थगित गरे पनि आयोजक टिम असोज २८ गते हुने गौघाट ग्रीन रन र मंसिर ६ गते हुने धारा नेपालगन्ज म्याराथनको तयारीमा जुटिसकेको छ । साथै स्थानीय तहमा सरसफाइ एवं अन्य काममा पनि धारा नेपालगन्ज म्याराथनको टिम परिचालन हुनेछ ।

देशमा दश jर्षे सशस्त्र द्वन्द्व अन्त्य भएर नयाँ संविधान घोषण गर्ने तयारी रहेकै बेला २०७२ सालमा पुनः मधेस आन्दोलनका नाममा साम्प्रदायिक दंगाको झल्कोसँगै समाज विभाजित हुने अवस्था आएपछि समुदायलाई एकत्रित बनाउने उद्देश्यले नेपालगन्ज म्याराथन २०७२ मंसिर ५ गते सुरु गरिएको थियो ।

हरेक जात, धर्म, सम्प्रदाय तथा विभिन्न पेशा, व्यवसाय र उमेर समुहलाई एकैपटक एकै थलोमा एउटै भुमिकामा दौडमार्फत ल्याउन सक्ने एकमात्र इभेन्ट सडक दौड भएकाले नै म्याराथन आयोजनाको परिकल्पना गरिएको थियो ।

कुनैपनि jर्ष नरोकिई ११ बर्षदेखि निरन्तर चलेको धारा नेपालगन्ज म्याराथन सम्भवतः नेपालको शीर्ष इभेन्ट हो । एम्सको दुई इभेन्ट पुर्णकालीन सदस्य बन्ने नेपालगन्ज सम्भवतः नेपालको एकमात्र सहर हो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय