
News Summary
Generated by OK AI. Editorially reviewed.- नयाँ बानेश्वरस्थित वाणिज्य बैंक लुट्ने समूहले फालेको ५ लाख रुपैयाँ सुरेश देउलाले जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएका छन्।
- सुरेश देउलाले बैंक लुट्ने बेला भिडियो खिचेका थिए।
- लुटेरा समूहले त्यो देखेपछि पैसाको बिटो फालेको प्रहरी प्रवक्ता चक्रराज जोशीले बताए।
- बैंक लुट्ने पाँच जनालाई सेनाले पक्राउ गरेको छ।
२९ भदौ, काठमाडौं । जेनजी आन्दोलनको क्रममा नयँ बानेश्वरस्थित वाणिज्य बैंक लुट्ने समूहले फालेको ५ लाख रुपैयाँ एक युवकले प्रहरीलाई बुझाएका छन् ।
ललितपुर घर भएका सुरेश देउलाले ५ लाख १० लाख ५ सय रुपैयाँ जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएका हुन् ।
परिसर ललितपुरका एसपी तथा प्रवक्ता चक्रराज जोशीका अनुसार देउलाले बैंक लुटेको बेला भिडियो खिचेका थिए । लुटेरा समूहले त्यो देखेपछि ‘तैंले यही खोजेको हो, ला !’ भन्दै पैसाको बिटो फालेका थिए ।
अहिले त्यही रकम आफू बुझाएको देउलाले प्रहरीसमक्ष बताएका छन् । योे बैंक लुट्ने पाँच जनालाई सेनाले पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4