+
+
Shares

सविता भण्डारी बराललाई महान्यायाधिवक्ता नियुक्त गर्ने तयारी

बन्नेछिन् मुलुकको पहिलो महिला महान्यायाधिवक्ता

उनी महान्यायाधिवक्ता नियुक्त भएमा उनी मुलुकको पहिलो महिला महान्यायाधिवक्ता हुनेछिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २९ गते १८:२७

२९ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारी बराललाई महान्यायाधिवक्तामा नियुक्त गर्ने तयारी गरेकी छिन् ।

बालुवाटार निकट स्रोतका अनुसार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा नाम सिफारिस गर्ने तयारी गरेकी छिन् ।

आजैमात्रै महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका थिए । लगत्तै सविता भण्डारी बराललाई महान्यायाधिवक्ता बनाउनेगरी तयारी थालिएको हो ।

उनी महान्यायाधिवक्ता नियुक्त भएमा मुलुकको पहिलो महिला महान्यायाधिवक्ता हुनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?