
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा जेनजी आन्दोलनका शहादतप्राप्तहरूको स्मृतिमा स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपालले दीप प्रज्वलन गरेको छ।
- फेकनका द्वितीय सचिव राजकुमार ढकालले मृतकहरूको आत्माको चीर शान्ति र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दीप प्रज्वलन गरिएको बताए।
- गत सोमबार र मंगलबार देशभर फैलिएको जेनजी आन्दोलनमा अहिलेसम्म ७२ जनाले ज्यान गुमाएका छन् र करिब २०० जना उपचाररत छन्।
२९ भदौ, काठमाडौं। जेनजी आन्दोलनका क्रममा शहादत प्राप्त गरेकाहरूको स्मृतिमा काठमाडौंमा दीप प्रज्वलन गरिएको छ ।
आइतबार साँझ शंकरदेव क्याम्पस अगाडि स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन) का सदस्यहरूले दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै सयौं दीप प्रज्वलन गरेका हुन् ।
फेकनका द्वितीय सचिव राजकुमार ढकालले आन्दोलनमा ज्यान गुमाएकाहरूको आत्माको चीर शान्ति र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दीप प्रज्वलन गरिएको बताए ।
कार्यक्रममा फेकनसँग आवद्ध सदस्यहरू उपस्थित थिए । उनीहरूले हातमा बालेको क्याण्डलमार्फत मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौन प्रार्थना गरेका थिए । दीपको उज्यालोले वातावरणलाई शोकमग्न र भावुक बनाएको थियो ।
गत सोमबार र मंगलबार देशभर फैलिएको जेनजी आन्दोलनमा अहिलेसम्म ७२ जनाले ज्यान गुमाइसकेका छन् भने करिब २०० जना अझै उपचाररत छन् ।
प्रतिक्रिया 4