+

एसिया कप क्रिकेट : पाकिस्तानमाथि भारतको सहज जित

२०८२ भदौ  ३० गते ७:३५ २०८२ भदौ ३० गते ७:३५
एसिया कप क्रिकेट : पाकिस्तानमाथि भारतको सहज जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यूएईमा जारी एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई ७ विकेटले हराउँदै सुपर फोरमा लगभग स्थान पक्का गरेको छ।
  • पाकिस्तानले दिएको १२८ रनको लक्ष्य भारतले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो।
  • कप्तान सूर्यकुमार यादवले सर्वाधिक अविजित ४७ रन बनाए भने सायम अयुबले पाकिस्तानका तीन विकेट लिएका थिए।

३० भदौ, काठमाडौं । यूएईमा जारी एसिया कप क्रिकेटमा भारतले पाकिस्तानमाथि सहज जित निकाल्दै सुपर फोरमा लगभग स्थान पक्का गरेको छ ।

आइतबार राति भएको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले हराएको हो । पाकिस्तानले दिएको १२८ रनको लक्ष्य भारतले १५.५ ओभरमा केवल ३ विकेटको क्षतिमा पूरा गरेको हो ।

कप्तान सूर्यकुमार यादवले सर्वाधिक अविजित ४७ रन बनाए भने ओपनर अभिषेक शर्मा र तिलक वर्माले समान ३१ रन बनाए । शुभमन गिल र शिवम दुवेले समान १० रन बनाए ।

पाकिस्तानका लागि तीनवटै विकेट सायम अयुबले लिएका थिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १२७ रन बनाएको थियो । भारतको कसिलो बलिङसामू पाकिस्तान कुनैपनि बेला खेलमा पकड जमाउन सकेन ।

शाहिबजादा फरहानले सर्वाधिक ४० रन बनाए । शाहीन अफ्रिदी ३३ रनमा अविजित रहे । फखार जमानले १७ रन बनाए ।

एसिया कप क्रिकेट भारत र पाकिस्तान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय