
३० भदौ, काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । शीतलनिवासमा शपथ ग्रहण गरेलगत्तै मन्त्री खनालले पदभार ग्रहण गरेका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीले उनीसहित तीन जनालाई आज मन्त्री नियुक्त गरेकी थिइन् । आजै राष्ट्रपति निवास शीतलनिवासमा आयोजित विशेष समारोहमा उनले शपथ लिएका थिए ।
शपथ लगत्तै सिंहदरबार पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
यसैगरी कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
अर्का मन्त्री ओमप्रकाश अर्यालले गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4