
३१ भदौ, हुम्ला । चारैतिर हिमालहरू, हिमालको काखमै छन् पुराना परम्परागत घर । घरघरको छतमा हिउँदमा पशुवस्तुलाई खुवाउन राखिएको घाँस छ । यो नाम्खा गाउँपालिका–४ को चाला गाउँको दृश्य हो ।
आँखै अगाडि उभिएको हिमाल सैपाल हो । यो दृश्यले चालाबासी गर्व गर्छन् । सैपालको काँखैमा रहेको चालावासीका दु:ख भने कम छैनन् । यहाँको दृश्य जति सुन्दर छ, नागरिकका बाध्यता उस्तै विघ्न छन् ।
मंसिर, पुस महिनामा हिमाली क्षेत्रमा बाक्लो हिमपात हुन्छ । त्यसबेला यहाँका नागरिकहरू आउजाउ गर्न समेत सक्दैनन् । कुनै सञ्चार सम्पर्क पनि हुँदैन । यो उनीहरुले सधैको नियति हो ।
नाम्खा गाउँपालिका–४ का वडासदस्य सोनाम दोर्जी तामाङले गाउँपालिकाको बैठकको सूचनासमेत प्राप्त गर्न नसक्ने बताउँछन् । दुई घण्टा टाढा पुगेर मात्रैसञ्चारको पहुँचमा पुगिने उनको भनाइ छ ।
गाउँभन्दा बाहिर गएका आफन्तसँग फोन गर्न दुई घण्टा टाढा पुगेर कुराकानी गर्दै आएको स्थानीय छिरिङ तामाङले बताइन् ।
काठमाडौंमा अध्ययनरत बच्चाबच्चीसँग कुरा गर्न समस्या हुने गरेको तामाङको भनाइ छ । ‘न त सञ्चार छ न त गुणस्तरीय स्वास्थ्य सेवा नै छ । हामी चालावासी राज्यबाटै पछाडि परेका छौं’, तामाङले भनिन् ।
गाउँमा सञ्चारको पहुँच नुहुँदा चालावासी बर्सेनि समस्या झेल्न बाध्य भएको स्थानीय टोपछिरिङ लामाले बताए ।
जिल्ला बाहिर गएका आफन्तसँग कुराकानी गर्न दुई घण्टा टाढा अग्लो स्थानमा पुग्न पर्ने बाध्यता रहेको लामाले बताए । गाउँमा कोही स्थानीय बिरामी हुँदासमेत कठिनाइ हुने उनको भनाइ छ ।
गाउँमा झण्डै ३५ घरधुरी सञ्चारविहीन छन् । कसैले चाला गाउँको विषयमा चासो चिन्ता नदेखाएको उनको देखेसो छ । ‘निर्वाचनको समयमा भोट बैंकका रुपमा चाला गाउँलाई प्रयोग गर्ने गर्छन् ।’
अर्को हुम्लाको दक्षिण क्षेत्रमा रहेको बाजुरा जिल्लासँग जोडिएको ताजाकोट गाउँपालिका–३ मासपुर गाउँका नागरिक पनि बर्सेनि सञ्चारबाट पिरोलिएका छन् ।
राज्यको यहाँ नागरिकलाई वेवास्ता गर्दै आएको ताजाँकोट गाउँपालिका–३ मासपुर गाउँका केशबहादुर रोकायाले बताए । यहाँका नागरिककरूको विषया कुनै पार्टीका नेताहरूले चासो नदिएको बताए ।
हुम्लाका अधिकाश गाउँहरूमा सञ्चारको पहुच पुगेका छन तर उत्तरी नाम्खा गाउँपालिका–४ को चाला गाउँ र दक्षिण ताजाकोट गाउँपालिका–३ मासपुर गाउँका नागरिकहरू अझै सञ्चारविहीन छन् ।
प्रतिक्रिया 4