+
+
Shares

प्रधानमन्त्री कार्की र राष्ट्रिय सभाका अध्यक्षबीच भेटवार्ता

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राष्ट्रिय सभाका अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीसँग भेट गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३१ गते १४:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा भेट गरी बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
  • भेटमा दाहालले राष्ट्रिय सभाको कामकारबाही र संघीय संसद् भवनमा भएको क्षतिको जानकारी गराएका थिए।
  • प्रधानमन्त्री कार्कीले देशलाई शान्ति र स्थिरतातर्फ लैजान राष्ट्रिय सभाको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गरिन्।

३१ भदौ, काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भेटवार्ता गरेका छन् ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राष्ट्रिय सभाका अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीसँग भेट गरेका हुन् ।

भेटमा अध्यक्ष दाहालले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् ।

साथै देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाका विषयमा उनीहरू बीच छलफल भएको थियो ।

यस्तै अध्यक्ष दाहालले राष्ट्रिय सभाको कामकारबाही, अवस्था र बानेश्वरस्थित संघीय संसद भवन तथा सिंहदरबारस्थित संघीय संसद सचिवालयमा भएको क्षतिका बारेमा जानकारी गराएका थिए ।

जवाफमा प्रधानमन्त्री कार्कीले देशलाई शान्ति र स्थिरतातर्फ लैजान राष्ट्रिय सभाको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै वर्तमान राष्ट्रिय सङ्कटलाई सही निकास दिन सबैले सहकार्य गरी अघि बढ्न आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?