
३१ भदौ, काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनमा मृत्यु भएकाहरूको मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
पशुपति आर्यघाटमा अन्तरिम सरकारका मन्त्रीहरू कुलमान घिसिङ, ओमप्रकाश अर्याल समेतको उपस्थितिमा मृतकलाई राष्ट्रिय झण्डा ओढाएर बिदाइ गरिएको हो ।
यसैबीच, पशुपति आर्यघाटमा पुगेका मृतकका आफन्तहरू बिदाइको अन्तिम समयमा भावविह्वल बन्न पुगे ।
आर्यघाटमा उनीहरूको अन्तिम संस्कार चलिरहँदा वरपरको दृश्य भावुक बन्न पुगेको थियो ।
सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र राष्ट्रिय शोक स्वरुप असोज १ गते सार्वजनिक बिदा दिने लगायतका निर्णय गरेको थियो ।
त्यसपछि मृतकका परिवार अन्त्येष्टि गर्न तयार भएका हुन् ।
भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध युवाहरूले गरेको प्रदर्शन हिंसात्मक बन्दा ७२ जनाको मृत्यु भएको छ ।
तस्वीरहरू :
प्रतिक्रिया 4