+
+
Shares

अमरीश पुरीका नातीले पनि ‘होल्ड’मा राखे फिल्मको नेपाल छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १ गते १४:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हलिउड तथा बलिउड स्टार देव पटेलले नेपालमा छायांकन तयारीमा रहेको आफ्नो फिल्म ‘द पिजेन्ट’को तालिका स्थगित गरेका छन्।
  • बलिउड अभिनेता बरदान पुरीले नेपालको राजनीतिक परिस्थितिका कारण आफ्नो आगामी फिल्मको नेपाल छायांकन तालिका तत्काल 'होल्ड'मा राखेका छन्।
  • पुरीले भने, 'यो यस्तो फिल्म हो जसको छायांकन अन्यत्र गरेर हुँदैन, नेपालमै छायांकन गर्नुपर्ने हुन्छ' र राजनीतिक परिस्थिती नियालिरहेका छौं।

काठमाडौं । जेनजी आन्दोलनले नेपाली मात्र होइन, नेपालमा छायांकन तयारीमा रहेका विदेशी फिल्मको तालिका पनि प्रभावित भएको छ ।

हलिउड तथा बलिउड स्टार देव पटेलले नेपालमा छायांकन तयारीमा रहेको आफ्नो प्रोजेक्ट ‘द पिजेन्ट’को तालिका स्थगित गरेका छन् । अब उनको यो फिल्म भारतको महाराष्ट्रमा गर्ने तयारी छ ।

यसबीच अर्को खबर छ । बलिउड लिजेन्ड अभिनेता अमरीश पुरीका नाती बरदान पुरीको आगामी फिल्मको नेपाल छायांकन समेत प्रभावित भएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार बरदानले नेपाल छायांकन तालिका तत्काललाई ‘होल्ड’मा राखेका छन् । नेपालको राजनीतिक परिस्थितीको कारण उनले यस्तो निर्णय लिएको समाचारमा उल्लेख छ ।

पुरीले १५ असोजदेखि नेपालमा छायांकन तयारी गरेका थिए । सन् २०२४ मा नेपालमा आएका बरदानले त्यतिबेलाको नेपाल भ्रमण निकै रमाइलो भएको बताएका थिए ।

उनलाई अभिनेत्री मनीषा कोइरालाले काठमाडौंस्थित घरमै बोलाएर लन्च दिएकी थिइन् ।

यो फिल्मको कुरा गर्दा बरदानले केही समय छायांकन तालिका ढिला हुने बताएका छन् । ‘यो यस्तो फिल्म हो जसको छायांकन अन्यत्र गरेर हुँदैन, नेपालमै छायांकन गर्नुपर्ने हुन्छ । केही दिन ढिला होला’ टाइम्स अफ इन्डियासँग उनले भनेका छन् ।

फ्रान्सेली निर्माताले बनाउन लागेको यो फिल्मको शीर्ष भूमिकामा बरदान देखिनेछन् । ‘आशा गर्छु, नेपालमा छायांकन चाँडै सुरु होस्’ उनले भनेका छन्, ‘किनभने म नेपाल र यहाँका बासिन्दासँग जोडिएको छु । हामीले राजनीतिक परिस्थितीलाई नियालिरहेका छौं । कहिलेदेखि सुरु गर्ने भन्ने कुरा निधो गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?