
जेनजी प्रदर्शनका क्रममा भरतपुर महानगरपालिकामा भएको आगजनी र तोडफोड/फाइल तस्वीर
१ असोज, काठमाडौं । २३ र २४ भदौको जेनजी आन्दोलनका कारण स्थानीय तहमा भएको क्षतिको विवरण संकलन थालिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई गुगल लिंक पठाउँदै क्षतिको विवरण प्रविष्ट गर्न भनेको छ ।
स्थानीय तह र समितिले कार्यालय तथा सरकारी सम्पत्तिको अवस्थाबारे संघीय सरकारमा जानकारी गराउनु पर्ने छ ।
भवन, मेसिनरी उपकरण, फर्निचर, सरकारी कागजात लगायतको क्षति विवरण उपलब्ध गराउन भनिएको छ ।
देशभरिका स्थानीय तहमा आन्दोलनकारीले ठूलो क्षति पुर्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4