
१ असोज, काठमाडौं । कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा डढेको अवस्थामा फेला परेको शवको पहिचान भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार, रामेछापको खाँडादेवी गाउँपालिका–६ स्थायी घर भएका २२ वर्षीय विकास रसाइलीको शव फेला परेको खुलेको हो ।
उक्त शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । शरीर पूरै जलेको अवस्थामा शव भेटिएकाले सुरुमा उक्त शवको पहिचान हुन सकेको थिएन ।
योसँगै जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ । यसअघि ७३ जनाको मृत्यु भएको थियो ।
यसअघि चुच्चेपाटीको भाटभटेनीबाट डढेको अवस्थामा ७ वटा शव भेटिएको थियो ।
अस्थिपञ्जरको रूपमा भेटिएका ती शवहरू त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा राखिएको छ । ती शवको पनि पहिचान भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4