+
+
Shares

सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २ गते ११:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजारमा दोस्रो नेगेटिभ सर्किट ब्रेक लागेर ४० मिनेटका लागि कारोबार स्थगित भएको छ।
  • कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि पहिलो सर्किट ब्रेक लागेको थियो।
  • पहिलो सर्किट ब्रेकपछि खुलेको बजारमा कुल ५ प्रतिशत घटेपछि दोस्रो सर्किट ब्रेक लागेको हो।

२ असोज, काठमाडौं । भदौ २३ र २४ गतेको विध्वंसात्मक प्रदर्शनपछि खुलेको सेयर बजारमा दोस्रो नेगेटिभ सर्किट ब्रेक लागेको छ ।

पहिलो सर्किट ब्रेक लागेसँगै २० मिनेट बन्द भएर खुलेको कारोबारमा पुनः अर्को सर्किट ब्रेक लागेको हो । योसँगै ४० मिनेटका लागि कारोबार स्थगित भएको छ । ४० मिनेटपछि खुल्ने बजार कुल ६ प्रतिशत घट्दै तेस्रो सर्किट लागेमा आजका लागि कारोबार बन्द हुनेछ ।

कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसपछि खुलेको बजारमा फेरि कुल ५ प्रतिशत घटेपछि दोस्रो सर्किट ब्रेक लागेको हो ।

दोस्रो सर्किट ब्रेकपछि नेप्से परिसूचक १३३ अंक घटेर २५३८ मा कायम भएको छ । दुई पुनर्बीमा कम्पनी सामेल भएको अन्य समूह सबैभन्दा धेरै ८.९ प्रतिशत घटेको छ । बैंकिङ, विकास बैंक, लगानी र जीवन बीमा समूह ५ प्रतिशतभन्दा धेरै घटेका छन् ।

नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, ग्रिन भेन्चर्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत घटेको छ । हालै सूचीकृत हिमस्टार ऊर्जा कम्पनीको मूल्य भने १० प्रतिशत बढेको छ । यतिबेलासम्म २८ करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ । धेरै कारोबार भएका कम्पनीमा शिवम् सिमेन्ट, युनियन हाइड्रोपावर, हिमालयन डिस्टिलरी, सीईडीबी होल्डिङ्स र एनआरएन इन्फ्रास्ट्रक्चर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?