+
+
Shares

एयर इन्डिया दुर्घटना : मृतकका परिवारले बोइङ र हनीवेलविरुद्ध हाले मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २ गते १२:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको अहमदाबादमा भएको एयर इन्डिया फ्लाइट १७१ दुर्घटनामा ज्यान गुमाएका चार यात्रुका परिवारले बोइङ र हनीवेलविरुद्ध अमेरिकामा मुद्दा दायर गरेका छन्।
  • मुद्दामा इन्धन स्वीचमा त्रुटि भएको र कम्पनीहरूले जोखिमबारे थाहा हुँदाहुँदै पनि कुनै कदम नचालेको आरोप लगाइएको छ।
  • भारतको दुर्घटना अनुसन्धान ब्युरोले प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएपछि विमानमा 'थ्रस्ट' हराएको उल्लेख गरेको छ।

२ असोज, काठमाडौं । गत जुनमा भारतको अहमदाबादमा भएको एयर इन्डिया फ्लाइट १७१ दुर्घटनामा ज्यान गुमाएका चार यात्रुका परिवारले अमेरिकी विमान निर्माता बोइङ र पार्टस निर्माता हनीवेलविरुद्ध अमेरिकामा मुद्दा दायर गरेका छन्।

मुद्दामा इन्धन स्वीचमा त्रुटि भएको र कम्पनीहरूले जोखिमबारे थाहा हुँदाहुँदै पनि कुनै कदम नचालेको आरोप लगाइएको छ।

अहमदाबादबाट लन्डन ग्याटविकतर्फ उडेको बोइङ ७८७ विमान जुनमा उडान भरेको केही समयमै दुर्घटनाग्रस्त हुँदा २६० जनाको मृत्यु भएको थियो।

भारतको दुर्घटना अनुसन्धान ब्युरोले प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएपछि विमानमा ‘थ्रस्ट’ हराएको जनाएको छ। पीडित परिवारले यसलाई ‘डिजाइन दोष’ बताउँदै कम्पनीहरूले चेतावनी नदिएको र समाधानका उपाय नगरेको दाबी गरेका छन्।

दुर्घटनाको विस्तृत प्रतिवेदन २०२६ को सुरुवातसम्ममा सार्वजनिक हुने अपेक्षा छ।

-बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?