+
+
Shares

कोशी मन्त्रिपरिषद् बैठक : साना योजना कटौती, जेनजी शहीदलाई १ लाख दिने

जेन्जी आन्दोलनपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ५ लाख रुपैयाँभन्दा कमको योजना कटौती गर्ने निर्णय गरेको हो।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २ गते १९:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी प्रदेश मन्त्रीपरिषद् बैठकले पाँच लाख रुपैयाँभन्दा कमको बजेट कार्यान्वयन नगर्ने निर्णय गरेको छ।
  • सरकारले जेन्जी आन्दोलनमा मृत्यु भएका प्रत्येक परिवारलाई काजकिरियाका लागि प्रतिपरिवार १ लाख रुपैयाँ दिने निर्णय गरेको छ।
  • बैठकले आन्दोलनमा घाइतेहरुको उपचार खर्च व्यहोर्ने र भौतिक पूर्वाधार मन्त्रालयलाई क्षतिको विस्तृत विवरण संकलन गर्न कात्तिक ९ गतेसम्म समय दिएको छ।

२ असोज, विराटनगर। कोशी प्रदेश मन्त्रीपरिषद् बैठकले पाँच लाख भन्दा कमको बजेट कार्यान्वयन नगर्ने निर्णय गरेको छ ।

जेन्जी आन्दोलनपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ५ लाख रुपैयाँभन्दा कमको योजना कटौती गर्ने निर्णय गरेको हो।

कटौती भएको बजेटबाट जेनजी आन्दोलनका क्रममा क्षति भएका कार्यालयहरुको पुननिर्माण गरिनेछ ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले बैठकले आन्दोलनमा सहभागी भएर ज्यान गुमाउने व्यक्तिका परिवारलाई काजकिरिया लागि प्रतिपरिवार १ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए।

यो सहयोग कोशी प्रदेशमा भएको आन्दोलनका क्रममा मृत्यु भएकाहरुले मात्रै पाउनेछन्। जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशमा १० जनाको मृत्यु भएको थियो ।

बैठकले कोशी प्रदेशमा भएको विरोध प्रदर्शनका क्रममा घाइते भएकाहरुका लागि प्रदेश सरकारले उपचार खर्च व्यहोर्नेछ ।

मन्त्रिपरिषद् बैठकबाट आन्दोलनका क्रममा भौतिक पूर्वाधारमा भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने जिम्मेवारी भौतिक पूर्वाधार मन्त्रालयलाई दिएको छ । मन्त्रालयलाई प्रतिवेदन पेश गर्नका लागि कात्तिक ९ गतेसम्मको समय दिएको छ ।

आगजनीबाट क्षतिग्रस्त मुख्यमन्त्री कार्यालय परिसरमा रहेको छुट्टै भवनको कार्यकक्षमा चुच्चे नक्सा अगाडि मन्त्रीपरिषद् बैठक बसेको थियो। बैठकको निर्णय मन्त्री भण्डारीले आगजनीले डढेको कार्यालय परिसरबाट सार्वजनिक गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?