+
+
Shares

एक वर्षमा मधेशी आयोगमा ३७ उजुरी

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३ गते ११:४२

३ असोज, काठमाडौं । मधेशी आयोगमा एक वर्षमा ३७ वटा उजुरी परेका छन् ।

बिहीबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस भएको मधेशी आयोगको वार्षिक प्रतिवेदनअनुसार ती उजुरीहरुमाथि छानबिन तथा तहकिकात गर्त सम्बन्धित निकायमा सिफारिस गरी पठाइएको छ ।

‘मधेशी समुदायको अधिकार उल्लंघन गर्ने व्यक्ति वा संस्थाका विरुद्ध उजुरी संकलन गरी त्यसउपर छानबिन तथा तहकिकात गर्न सम्बन्धित निकायमा सिफारिस गरिएको प्रतिवेदनमा उल्लेख छ ।

मधेशी आयोगका अध्यक्ष जीवछ साहले राष्ट्रपति पौडेल समक्ष पेस गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार मधेशीले पाएको आरक्षणमा गैर मधेशीले अवसर लिएकोदेखि महायज्ञ गर्न भन्दै दलितलाई आफ्नौ घरबाट उठिबास लगाइएको लगायतका विषय छन् ।

शान्ति सुरक्षा माग गर्दै र विश्वविद्यालयबाट ट्रान्सक्रिप्ट प्राप्त गर्न भएको असहजतासम्मका विषय उजुरी र गुनासोको रुपमा आयोगमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?